काठमाडौं, २९ माघ । विश्वको दोस्रो ठूलो शिखरमा पुग्ने पहिलो स्थानमा नयाँ विश्व किर्तिमान राख्ने १० जना नेपाली आरोहीलाई नेपाल इन्भेष्टमेन्ट बैंकले सम्मान गरेको छ । निर्मल पुर्जाको नेतृत्वमा १० नेपाली आरोहीको टोलीलाई बैंकले प्रमुख कार्याल्य परिशरमा सम्मान गरेको हो ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० नेपाली आरोहीलाई नगद १० लाखको चेक प्रदान गरेका थिए । बैंकले नेपाललाई गौरावान्वित तुल्याउने टोलीलाई धन्याबाद दिएको जनाएको छ ।