महाभारतमा कुन्तीको पुज्ञ युधिष्ठिर, अर्जुन र भीम एंव माद्री पुत्र नकुल र सहदेवको पत्नी द्रौपदी थिइन् । राजा दु्रपदको छोरी द्रौपदीलाई पाँचाली भनिन्थो । द्रौपदी असाध्यै सुन्दर थिइन् । पाँच पाण्डवले अन्य महिलासँग पनि विवाह गरेका थिए । अर्जुनले सुभद्रासँग, भीमले हिडब्बासँग । तर सबै भाईहरुको द्रौपदीप्रति विशेष अनुराग थियो । र जीवन पर्यन्त द्रौपदीको साथ दिइरहन्थे । पान्डवहरु स्वर्ग जाँदा पनिसँगै लिएर गएका थिए । आज हामी द्रौपदीको सुन्दरताको राजबारे चर्चा गर्छौ ।
- द्रौपदीको जन्म एक यज्ञबाट भएको थियो । द्रौपदी जन्मदेखि नै अति सुन्दर र रुपमति थिइन् । सुन्दर हुनुको साथै उनी वैचारिक रुपमा पनि सक्षम थिइन् ।
- द्रौपदीको वास्तविक नाम याज्ञसेनी र दोस्रो नाम कृष्णा थियो । द्रौपदीको नाम कृष्णा राख्नुको कारण उनी सांवली थिइन् ।
- द्रौपदीको शरीरबाट निरन्तर मादक पद्वार्थको सुगन्ध निक्लिरहन्थ्यो ।
- द्रौपदीको मांसपेशी नरम थिए तर क्रोध वा युद्धको क्रममा कडा र विस्तार हुने गर्थ्यो । युद्धको समयमा उनको शरीर ठुलो र एकदम कठोर देखिन्थ्यो ।
- द्रौपदीमा भएको कला मध्ये एक पुनः कुमारी हुने हो । जब उनी एक पतिबाट अर्को पतिमा जाँदा उनी यही कलाको प्रयोग गर्थिन् । सम्भवतः यसको कारणले द्रौपदीलाई पंन्चकन्याको स्थान दिइएको छ । धार्मिक ग्रन्थको आधारमा