Logo

विप्लवका नेताहरुलाई मुद्दा लगाएर राज्यले नकचरो काम गरेको छ : आहुति (भिडिओसहित)



काठमाडौं, ३० माघ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता विश्वभक्त दुलाल आहुतिले नेत्रविक्रम चन्द समूहले कहाँ हतियार उठाएको छ ? कहाँ युद्ध गरेको छ ? भन्दै उनीहरुको मानिसलाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका छन् । विप्लवका नेताहरुमाथि २५ ठाउँबाट मुद्दा लगाएर राज्यले नकचरो काम गरेको पनि उनले आरोप लगाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, सरकार त नकचरो काममा उत्रिएको छ । यसका नेताहरुलाई थुनिदिने, मुद्दा लगाईदिने । जेलमा रहेका नेताहरुलाई राज्यले छोड्नुपर्छ । उनले जनता आफ्नो पार्टीमा पनि धेरै रहेको सुनाए । आहुतिसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्