काठमाडौं, ३० माघ । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको ‘अटो प्लस’ बीमा योजना निकै लाभदायी देखिएको छ । पछिल्लो समयमा यो योजनाको कारण बीमा प्रडक्टको पोलिसी लिनेको सख्यामा बृद्धि भएको कम्पनीले जनाएको छ ।
कार, जिप, मोटरसाइकल र स्कुटर प्रयोगकर्ताले मात्र यो बीमालेख लिन सक्छन् । अटो प्लस बीमालेखको यो पोलिसीमा बीमितले तेस्रो सुविधाको रुपमा दैनिक सवारी भाडा÷यातायात खर्च समेत पाउने इन्स्योरेन्सले जनाएको छ । सवारी साधन क्षति भएमा पाटपुर्जाहरु फेर्नपरेमा क्षतिको मुल्यांकन अनुसार भएको हसकटट्टीको रकम मात्र कम्पनीले भुक्तानी गर्छ ।
यो योजना अन्तर्गत सवारी साधन पुर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँने भएकोले पनि यो योजना लोकप्रिय बन्दै गएको अनुमान लगाउन सकिन्छ । सवारी साधन चोरी भएको वा पुर्ण क्षति भएको ३० दिनसम्ममा र थोरै क्षति भएमा १४ दिनसम्मको यातायात भाडा पनि कम्पनीले नै उपलब्ध गराउदै आएको छ ।