काठमाडौं, ३० माघ । उपप्रधानमन्त्री एवम् नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी र आन्दोलनलाई अघि बढाउनको लागि वैचारिक र भौतिक तयारीमा लाग्न आवश्यक भएको टिप्पणी गरेका छन् । उनले सबै सम्वद्धहरुको लागि भन्दै आज राति एक ट्विट गर्दै उनले यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्-“सबै सम्वद्धहरूका लागि – विगतमा ‘महान र ऐतिहासिक’ भनिएको एकताका बेला छोडिएका (रहेका) विषाक्त भ्रूणहरू विकसित भएर वा झांगिएर अहिलेको दुर्भाग्यपूर्ण परिस्थिति आइलागेको हो ।यसैलाई राम्ररी बुझेर पार्टी र आन्दोलनलाई अघि बढाउन बैचारिक/भौतिक तयारीमा लाग्नु आवश्यक छ।”