शिव प्रकाश : खुसी, सुखी र सन्तुष्टि ! जीवनमा बग्ने तीन नदीको मुहान एउटै हो तर कहाँ छ, त्यो ?
धर्म, अर्थ, काम र मोक्ष ! वेदले चार पुरुषार्थ मानेको छ । सफल जीवनका चार प्रतिफल हुन्, यी तरप्राप्तिको बाटो के हो ?
महर्षी वात्स्यायनले यी दुईवटा प्रश्नको एउटा उत्तर दिएका छन्– काम !
प्रश्न उठ्छ, काम के हो ? यौनोत्तजना वा कामुकता ! हामीलाई पढाएको, बुझाएको र घोकाएको यही हो । झन् सरल र सस्तो अर्थमा बुझाइएको शब्द हो– रासलीला ! पढ्नु हुदैन ! हेर्नु हुदैन ! बौलाइन्छ !
कामसूत्रमा कामको अर्थ व्यापक छ । मानव जीवनका सम्पूर्ण इच्छा, चाहना, लालसा, कामना र वासनाको समष्टि स्वरुप हो, काम । जुनअन्तर्वासानाका रुपमा मानिसभित्र सधैं निहित हुन्छ । जसले सृष्टिलाई नियमित गरेको छ ।
फरक यति हो, प्रत्येक पशु–प्राणीमा काम व्याप्त छ तर मानव काममा व्याप्त छ । सृष्टिमा सर्वाधिक सत्ता केहीको छ भने कामको छ । भनिन्छ– ईश्वर सर्वव्यापी छ तर ईश्वरभन्दा काम सर्वव्यापी छ ! सृष्टिमा काम नै नित्य र अविनाशी छ ।
वात्स्यायान भन्छन्– धर्मको ज्ञान श्रुतिबाट लिन सकिन्छ । अर्थको ज्ञान वैश्यालयबाट प्राप्त गर्न सकिन्छ । कामको ज्ञान पाँच चेतनश्रवण, स्पर्श, दृष्य, शोधन, र घ्राणबाट गर्न सकिन्छ ।
फूलमा महक छ तर फूल आफ्नो महकले आनन्दित छैन । फूललाई आफ्नो महकमा तृप्ति हुदैन । फूलले अरुलाई तृप्ति दिन्छ । फूलको महकमा अर्को आनन्दित हुन्छ । मानिस पनि सृष्टिको एउटा फूल हो । एक्लै आनन्दित हुदैन । एक्लै तृप्ति हुदैन । यसैले मानिसलाई अर्काको जरुरत पर्छ । त्यो जरुरतबीच एउटा ठूलो शून्यता हुन्छ । कामले त्यही शून्यतालाई भर्छ, आवाद गरिदिन्छ । जीवनलाई फूल बनाइदिन्छ ।
मोक्षका लागि मान्छे सबै भोकबाट मुक्त हुनु पर्छ । कामलाई धर्मको फल र मोक्षको बाटो ठानिएको छ त्यसैले काम न अश्लील हो, न अनैतिक हो, न त कहिल्यै त्याज्य छ ।
काम शारीरिकभन्दा बढी आत्मिक हुन्छ । वास्तवमा कामको स्वभाव वालकको हृदयजस्तो सच्चा र सफा हुन्छ ।
रहस्यमयी वात्स्यायन !
अर्थशास्त्री कौटिल्य जस्तै कामशास्त्री महर्षी वात्स्यायनका बारेमा अझै एउटा प्रश्न अनुत्तरित छ–को हुन् वात्स्यायन ?
यो प्रश्नको उत्तर अझै रहस्यकै गर्भमय छ । अनुमान छ–श्रीमल्लनागवा मालिङ्गना हो उनको नाउँ । ‘कामसूत्रको सामाजिक एवं सास्कृतिक अध्ययन’ पुस्तकमा भनिएको छ वास्त्यायनको गोत्र,वत्य वा वात्स्य हो । तर उनले शास्त्रमा आफूलाई वास्त्यायन भनेर चिनाए ।
वात्स्यायनको कामसूत्र कहिले लेखिएको हो यो पनि यकिन छनै । एकथरी भन्छन् इसापूर्व दुईदेखि तीन हो ।जहाँ गुप्तकालको जिकिर गरिएको छ ।अर्काथरीको भनाइ मगधको राजधानी पाटलीपुत्र निवासी (हालः भारत, पटना) एक शिक्षक जोडिएको छ । जसले मगध साम्राज्यको नन्दवंशका सम्राटलाई सत्ताच्युत गराएर आफ्ना शिष्यलाई राजा बनाए । कसैले वत्स देशका निवासी भएको पनि बताएका छन् ।
केहीको अनुमान छ, वात्स्यायानका रुपमा शंका गरिएका ती तिनै शिक्षक हुन् जसलाई पण्डित चाणक्य भनेर चिनिन्छ । कौटिल्य पनि तिनै पण्डित हुन् । उनको समय ईसापूर्वको ३७५ देखि २८५ अनुमान गरिएको छ ।
अन्य केही खोजकर्ताको भनाइमा ईसाको दास्रो वा तेस्रो शताब्दीतिर रचना भएको हो, कामसूत्र । यसका सूत्रकार चाणक्य हैन, अन्य कोही हुनसक्ने बताउछन्, उनीहरु ।
तर कामसूत्रका जनक भने महर्षि वात्स्यायन हैनन् । अर्थात् निर्माता हैन, विनिर्माता मात्र हुन्, उनी ! अहिलेलाई यति बुझौं, वात्स्यायनको एकल लेखन हैन कामसूत्र । उनले पुनर्लेखनसहित सूत्रबद्ध मात्र गरेका हुन् ।
विषय र वासनमा पशुपंक्षी पनि एक निश्चित नियमभित्र वस्छन् । ऋतुको चक्रमा चल्छन् ।पशुपंक्षी अज्ञ भएका कारण काममा स्वतन्त्र छन् तर अनुशासित छन् । मान्छलाई विज्ञ मानिन्छ । मानिस स्वतन्त्र छैन तर अनुशासित पनि छैन । त्यसैले मानिसका लागि वात्स्यायानले कामलाईसूत्रवद्ध गर्दै नियमन गरेका हुन् । चलनचल्तीको भाषामा वात्स्यायाको कामसूत्र भनिएको हो ।
वात्स्यायान जो भए पनि आफू स्थिर भएर संसार कम्पन गराउने शक्तिशाली पुरुष हुन् । भनिन्छ, उनी स्वयं भने व्रम्हचर्यमा थिए, अविवाहित थिए ।
भ्रमको कक्टेलकामसूत्र र कोकशास्त्र !
सायद धेरैलाई यो पनि एउटा भ्रम हुनसक्छ कोकशास्त्र नै कामसूत्र हो । कामसूत्र नै कोकशास्त्र हो । हाम्रो बुझाईमा वात्सायानको कामसूत्रलाई कोकशास्त्र मानिएको पनि पाइन्छ ।
तर यी दुई फरक ग्रन्थ हुन् । कामसूत्रको रचनाकाल गर्भमै छ, कसैलाई थाह छैन । यसको रचनागर्भ बारे विभिन्न मत भेटिन्छ । भनिन्छ, सृष्टिको प्रथम रचना नै कामसूत्र हो । वेदभन्दा पनि पहिलेरचिएको ग्रन्थ हो, कामसूत्र ।
स्वयं सृष्टिकर्ता व्रम्हा नै थिए कामसूत्रका प्रथम रचयिता । त्यसपछि शिवजीका द्वरपाल नंदीले लेखे । यहाँ पनि दुई मत छ । एकमतले भन्छ शिव–पार्वतीको कामोत्तोजक प्रेमसम्वाद सुनेर नन्दी आफैंले कामसूत्र लेखे । अर्को मतले भन्छ, त्यही सम्वाद नन्दीले ब्रम्हालाई सुनाएर । त्यसपछि ब्रम्हाले लेखे ।
बम्हा र नन्दीपछि क्रमश श्वेतकेतु हुनै मुनी ब्राभव्यसम्म कामसूत्र लेखिदै, सम्पादित हुद आयो । पहिलो कामसूत्र एकलाख श्लोकको थियो । पुनर्लेखन र सम्पादन सँगै छोटिदै आयो ।
मुनी ब्राभव्यपछि यसलाई महर्षी वात्सायानले पुनर्लेखनी गर्दै सुत्रवद्ध गरे । जसलाई आज वास्त्यायनको कामसूत्र भनिन्छ तर वात्स्यायान कामसूत्रका निर्मात हैनन्, विनिर्मातामात्र हुन् । वास्त्यायनको कामसूत्रमा १२ सय ५० श्लोक छन् ।
रतिरहस्यको रहस्य– कोकशास्त्र !
पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी ! काम, कला र कर्मका दृष्टिले नारीलाई चार श्रेणीमा राखेर कुक्कोक ऋषिले एक ग्रन्थ लेखेका थिए । ग्रन्थमा ती नारीलाई गुण, रुप र स्वभावका रंगले छुट्याए।
ऋषि कोक्कुकका अनुसार सर्वथा बुद्धि र सुन्दरताले भरिपूर्ण स्त्री पद्मिनी मानिन्छे । बुद्धिवैभवले चुलिएकी तर अति श्रृंगारप्रेमी स्त्री चित्रिणी मानिन्छे । शंखाकृति नयन भएकी कामुक सुन्दरी स्त्री शङ्खिनी मानिन्छे । कामवासनाले मात्र भरिएकी, स्थूल शरीर भएकी भद्धा स्त्री हस्तिनी मानिन्छे । कोक्कुकको ग्रन्थले नारीका चार भेदमध्ये हस्तिनीलाई सबैभन्दा निकृष्ट भेद मानेका छन् ।
त्यो ग्रन्थको नाउँ रतिहरस्य थियो । रतिरहस्यलाई तीनताक प्रेमपहेली पनि भनियो । कुक्कोकले राजा भेनुदत्तलाई दिनका लागि यो साहित्य रचेका थिए । पुस्तकको लेखकका रुपमा कोक्कुकको सट्टा उनले आफूलाई सिद्धपतिया पण्डित पनि बनाए ।
रतिरहस्य विस्तारै सँस्कृतबाट मूलतः हिन्दी र अन्य भाषामा अनुदित हुन थाल्यो । भाषानुवादसँगै लेखकको नाउँ कुक्कोक नलेखेर सबैले कोकमात्र लेखे । अन्ततः रतिरहस्य कोकशास्त्रमा रुपान्तरित भयो ।
कामसूत्र जति कोकशास्त्र व्यापक, व्यवहारिक, अर्थपूर्ण, कला र श्रृंगारयुक्त मानिदैन । तै पनि कोक्कुकको सबैभन्दा उत्काममुखी ग्रन्थ हो, कोकशास्त्र ।
कामदर्शनको सूत्र कामसूत्रको !
जे सोचिएका छ, त्योभन्दा धेरै बढी जे सोचिएको छैन, त्यही हो कामसूत्र ! जे भ्रम छ, त्यो भ्रमको विपरित सबैभन्दा बढी जे हुन्छ, त्यही हो, कामसूत्र !
वात्स्यायनको पहिलो वाक्य हो– ‘धमार्थकामेभ्यो नम ।’ अर्थात धर्म र अर्थसँगै काम वन्दनाबाट यो ग्रन्थ शुरु गर्छु ।
धर्म,अर्थ, काम र मोक्षलाई चार पुरुषार्थ भनिएको छ तर यहाँ पुरुषार्थ शब्दको अविवेकी प्रयोग हुन सक्छ । किनभने पुरुषार्थको वृत्तमा नारीत्वको उपस्थिति निषेधित हुन सक्छ । त्यसैले पुरुषार्थ हैन यी जीवनका चार चरण हुन् । चार कर्महुन् । चार प्रतिफल हुन् । जुन नारी र पुरुष दुबैका साझा क्रिया हुन् । यही कुरालाई विस्तृत रुपमा वात्स्यायनले कामसूत्रमा दर्शाएका छन् ।
धर्मसँग अर्थ, अर्थसँग काम र कामसँग मोक्ष जोडिए जाने हुँदा जसरी धर्म र अर्थको लागि शास्त्रको आवश्यकता पर्छ त्यसैगरी कामका लागि पनि शास्त्रको आवश्यकता परेर कामसूत्रको रचना गरिएको कुरा वात्स्यायान लेखेका छन् ।
वात्स्यायाको शास्त्र अध्ययनपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ । त्यो हो, उनका भाषामा धर्म, अर्थ र काम लौकिक पुरुषार्थ हुन् भने कामको तृप्तिपछि प्राप्त हुने मोक्ष पारलौकिक पुरुषार्थ हो ।
काम अर्थात भोकअनेक हुन्छन् । भोको मान्छेले भक्ति गर्न सक्दैन । भोजनले तृप्ति दिन्छ । तृप्त मान्छेको मन भक्तिमा लाग्छ । मोक्ष भनेको त्यही भक्ति हो । काम भनेको त्यही भोक हो ।
यही भोक अर्थात कामलाई आचार्य ओशोले उर्जा भनेका छन् । भक्तिलाई समाधि भनेका हुन् । त्यही उर्जालाई उनले समाधिको गन्व्यमुखी बाटो मान्दै सम्भोगका रुपमा व्याख्या गरेका छन् । ओशोको समाधिको अर्थ मृत्यु हैन, जीवनतिर उन्मुख छ । एउटा अविचलित र शान्त जीवनतिर ।स्थिर मनले बाँचेको हलुका जीवनतिर ।
जब मन शान्त र स्थिर हुन्छ आयुले लामो बाटो रोज्छ । त्यो हो दीर्घायुको बाटो, त्यही हो समाधी । बुद्धले यसैलाई महाआनन्द तथा शून्यता भनेका छन् ।
यदि त्यहाँ आनन्द विद्यमान नहुन्थ्यो भने पुरुषलाई स्त्री र स्त्रीलाई पुरुषको आवश्यकता हुने थिएन । यो धरतीमा भोग्य वस्तु केही नहुन्थ्यो भने मानिसलाई भोक पनि लाग्ने थिएन । भोकबिनाको मानिस भोजन र भोगको आनन्दबाट वञ्चित हुने थियो ।
यो ग्रन्थले तैत्तिरिय उपनिषदको व्याखालाई उदृत गर्दै भनेको छ आनन्दबाट नै जीवको उत्पत्ति हुन्छ । आनन्दमा नै लिन हुन्छन्, सबै । सबैकुरा आनन्द नै हो । आनन्दको एकमात्र अन्र्तभूतीय रहस्य हो, काम ।
कामको सम्बन्ध कर्म र क्रियासँग छ । मन र बुद्धिसँग छ । स्पर्श र चेतनासँग छ । भाव र योगसँग छ । यी सबैको सम्बन्ध मोक्षसँग जोडिएको छ । परित्राण शक्ति, जुन शक्तिलाई पारमार्थिका मानिन्छ, त्यो आनन्दबाट प्राप्त हुन्छ तर कामबिना आनन्द प्राप्ति हुदैन ।
वात्स्यायनको यो गहनम् तर्कसँग तपस्वी बुद्ध पनि सहमत छन् । भारतको महाराष्ट्र स्थित अजन्ता र एलोरा बुद्धगुफामा कुँदिएका युवतीका आदिम आकृतिले यसको पुष्टि गर्दछ । परस्त्रीगमनलाई मात्र बुद्धले अनैतिक मानेका छन्, भोक र आनन्दलाई हैन ।
कामसूत्रलाई कामवासना भड्काउने शस्त्र हैन बरु कामको क्रोधलाई शोध गर्ने विधिग्रन्थ मानिएको छ । प्रेमसुक्ति वा प्रेमसूत्रका रुपमा पनि व्याख्या गरिएको यो ग्रन्थमा काम–कर्मलाई नीतिवद्ध गरिएको छ । कैवल्यप्राप्तिको सहायक बन्ने गुप्तज्ञान मानिएको छ । धर्म मूताविक स्त्री–पुरुषलाई काम र कलाका माध्यमबाट समाहित गराउने महासागर ठानिएको छ ।
कामसुत्रलाई प्राचीन पूर्वको असाधरण ग्रन्थ मानिन्छ । जसमा यौनविज्ञानसँगै तीनतिहाई भाग प्रेम र जीवनदर्शन छ ।अतः कामसूत्र यौनशास्त्र मात्र हैन, यौनज्ञान हो । ‘सेक्स क्लाइमेक्स’ हैन ‘आर्ट अफ लिभिङ’ हो । ‘सेक्स मेनुअल’ हैन ‘अफोरिजम अफ लभ’ हो । संसर्गसुख विद्या हो ।
कामसूत्रले कामलाई कामनाको प्राकृत रुप मानेको छ ।
कामसूत्रः दृष्टि र भ्रम !
रिसाहा आँखाले हेरिन्छ तर कामसूत्र लाई कुन आँखाले हेर्ने ? कस्तो मस्तिष्कले पढ्ने ? प्रश्नको जवाफ खोज्न आवश्यक छ ।
आफ्ना आँखाले हेर्ने की अरुका ? अश्लील आँखाले हेर्ने की श्लील ? अश्लील आँखाले हेरेर, कामुक मस्तिष्कले पढ्ने हो भने पुरै अश्लील किताब हो, कामसूत्र । निषेध गर्नु र निषेधित हुनु स्वाभाविक हो ।
वस्तुतःमानिसको मस्तिष्कमा सबैभन्दा बढी अश्लीलको आवादी छ । आँखाले नग्नता खोज्छन् । त्यही आँखाले बढी हेरिन्छ । चोरीचोरी हेरिन्छ । धेरैजसो बजारमा पाइने चौवन्नीमार्काका कामसूत्रका किताब पढ्ने गरिन्छ । तर ती बजारिया कामसूत्रर नेपालका राजनीतिक दलका घोषणापत्र एबै हुन्–फोहरका भारी र वकवास !
एउटा सत्य के पनि हुनसक्छ भने कामसूत्रले मनमा तरंगमात्र हैन भेल ल्याउन सक्छ, थेग्ने तागत पनि हुनु पर्छ । पढ्नु हुदैन भन्नुको एउटा कारण यो नहुनसक्छ भन्न सकिदैन ।
एक शब्दमा कामसूत्रलाई‘भल्गर’ ठान्नु भनेको भल्गर बुझाई मात्र हो । यसभित्र यौन र भोगका कुरा २० प्रतिशत पनि छैन भने बाँकी ८० प्रतिशत भन्दा बढी जीवन र जगतका कुरा छन् । ज्ञानका कुरा छन् । विज्ञानका कुरा छन् ।नीतिशास्त्रदेखि समाजशास्त्र, अर्थशास्त्र, धर्मशास्त्रका कुरा छन् ।
काम तथा यौनसँग के के कुरा ‘सम्बन्धित’ हुन्छन् ? कामभित्रका ‘विषय र वस्तु’ के के हुन्? ती सबैले मावन मस्तिष्क र सम्पूर्ण मानव जीवनमा कस्तो प्रभाव पार्छ ? वात्स्यायानले वर्णन गरेका छन् । तर दृष्टि र दृष्टकोणको जन्म मानिसको चेतनशक्तिबाट हुन्छ ।
कामसूत्र यौन मात्रै हो, यसमा संभोगका ’पोजिसन’ मात्र छन् भन्ने कुरा एकदमै ‘मिस कन्सेप्सन’ हो ।
के छ कामसूत्रमा ?
नारी–पुरुषलाई जोड्ने एउटा शक्ति हुन्छ । त्यो शक्तिलाई प्रेम भनिन्छ । यो शक्तिको निर्माण कसरी हुन्छ ? कामसूत्रमा यसको उत्तर दिएका छन् महर्षी वात्स्यायानले ।
नारी–पुरुषको सम्बन्धलाई सुन्दरतम् बनाउन कलाको भूमिकालाई वात्स्यायानले प्रमुखता दिएका छन् । जसलाई चौसठ्ठी कला भनिएको छ ।
सबैभन्दा ठूलो भ्रम, यिनै चौसठ्ठी कलालाई चौसठ्ठी यौनाशनका रुपमा बुझिएको छ । भ्रमका शिकारी पुरेत–पण्डित, सन्त–महन्त तथा महात्मा सामू मुन्टो लतमाथि गर्दैमानिस बुद्धिको बली चढाइरहेका छन् ।
के हुन् ती चौसठ्ठी कला ? चौसठ्ठी कलामा गायनदेखि वैजायिका (जित्ने) र वैतालिका (जागरण) सम्मका ज्ञान छन् । यी कलाभित्र वाद्यवादनदेखि, नृत्य, नाट्य, चित्र, श्रृंगार, पाक, घर–कोठा सजावट, वस्त्र सिलाई, भाषा, साहित्यको ज्ञान, गणितको ज्ञान, खेलकुद, मनोरञ्जन, पहेलीको ज्ञान, व्यक्तिगत स्वास्थ्य, सफाई, पूजापाठ, धर्म, नीति, कुटनीति, मन्त्रविद्या, जडीबुटी, चिकित्सा, धातु तथा रत्नको पहिचान र गहना बनाउन सिकाउने सम्मका कुरा छन् ।
नारीभन्दा पुरुष कामकलामा अनिपुण मानिन्छन् । वास्त्यायनका विचारमा जीवनका अन्य कलामा पुरुष निपुण भएजस्तै काम कामकलामा पनि निपुणता होस् भन्ने चाहना नारीको हुन्छ । त्यो ज्ञान र वोध छ, चौसठ्ठी कलामा ।
वात्सायानको कामसूत्रमा सात भाग र ३३ अध्याय छन् । सातभाग मध्ये एकभाग मात्र यौनसँग सम्बन्धित छ । पहिलो भागमा भूमिका छ ।जसलाई साधारणम् भनिएको छ ।
दोस्रोमा संप्रयोगिक छ । यसलाई यौनमिलन भनिएको छ । यौनसँग सम्बन्धित यो भागमा पनि यौनकला र यौनाशनको वर्णन मात्र छैन यौनिक जीवनको अध्ययन छ । मानिसको शरीरमात्र हैन, मस्तिष्तक पनि पूर्णरुपले रत (भोग्य) हुनु पर्छ भन्छन्, वात्स्यायान । यो भागमा प्रेम प्रदर्शन, आलिंगन, चुम्बनजस्ता क्रियाप्रतिक्रियाले यौनलाई आनन्दमयी बनाउने शिप र कला छन् । यौन सुखलेनै प्रेम प्रगाढ बनाउने हुदाँ भोगमा कलाको महत्व दर्शाइएको छ ।
वास्त्यायनको कामसूत्रमा यौनाशनका चित्रहरु थिएन् । भाग दुईको अध्याय छमा संवेशन प्रकरण भनेर संभोग क्रियाका आशनबारे विभेदात्मक व्याख्यामात्र थिए । अनुवादसँगै चित्र थपिए ।व्याख्यामात्र भएको
कामसूत्रलाई सचित्र बनाएर बजारी बनाइयो । भनिन्छ, पहिलो अनुवादमा ६९ चित्रहरु कोरिएका थिए ।
तेस्रो भागलाईकन्यासम्प्रयुक्तक भनिएको छ । यसलाई पत्नीलाभका रुपमा अथ्र्याइएको छ । कस्ती कन्यासँग विवाह गर्ने ? यहाँ परस्परको विश्वास र प्रेमपछि मात्र विवाह गर्नु पर्ने बुझाइएको छ ।विवाहपूर्व प्रेम गर्न आवश्यक मानेका छन् मुनी वात्स्यायाले ।
पत्नीप्रति पतिको कर्तव्य के हो ? स्त्री मनोविज्ञानलाई कसरी अध्यययन गर्ने ? यस्ता मिहिन प्रश्नको उत्तर वात्स्यायानले चौथो अध्यायमा दिएका छन् । भार्याधिकारिक भनिएको यो अध्यायमा सुखी दाम्पत्य जीवनको सुन्दर र सरल परिकल्पना गरिएको छ । आर्चाय भन्छन्– जुन गृहस्थी देखेर भित्रीमन खुसी हुन्छ त्योभन्दा ठूलो सुख अरु केही हुदैन ।
पाँचौं भागमा पारदारिकछ । यसलाईपत्नी संक्रान्त भनिएको छ । परपुरुष र परस्त्रीप्रतिको आकर्षण, सम्बन्ध र समस्याका बारेमा विवेचना गएिको छ । वात्स्यायान भन्छन्– धेरै स्त्रि–पुरुषमा परसम्भोगको इच्छा हुन्छ तर समाजको डरले आफूलाई वाञ्चित गर्छन् । स्त्रि–पुरुषबीचको झुकाउ र प्रवृत्ति बोलेको छ, यो भागमा ।
जहाँ वनावटी प्रेम हुन्छ, त्यो पनि वेश्यावृति नै हो भन्छन् आचार्य वात्स्यायान । यौन व्यापार जसलाई वेश्यावृत्ति पनि भनिन्छ यसैका बारेमा वर्णन गरिएको छ, छैठौं भागमा ।महर्षी लेख्छन्– अर्थसाधनाका लागि पुरुषलाई नायक मान्ने स्त्रीको धनप्रति आकर्षण कृतिम हुन्छ तर सम्भोगको प्रकृति जन्मजात हुन्छ । यो भागलाई वैशिकं भनिएको छ । यद्यपि वेश्याको पनि शोषण हुनु हुदैन भन्ने बलियो धारणा राख्छन् वात्स्यायान ।
कामसूत्रको सातौं र अन्तिम भाग हो, औपनिषदिक । यसलाई वशीकरण विद्याका रुपमा वर्णन गरिएको छ ।औपनिषदिक विचार अनुसार आदी मानव स्त्रीलाई मानव मानिदैनथ्यो तर वास्त्यायनले आदीशक्तिमात्र हैन स्त्रीलाई पूणशक्ति मानेको छन् ।
नारीको रुप र लावण्यसामू पुरुष ज्यादै कमजोर प्रतीत हुन्छ । त्यसका लागि यौनिक सुखसँगै शारीरिक सुन्दरता र त्यसको हेरचाह हुनु पर्ने धारण छ, मुनी वास्त्यायनको । वसिकरणका लागि नारीको सुन्दरता एक अचुक अस्त्र मानिएको छ । कामशक्ति, तन्त्रमन्त्र र योगविद्याका बारेमा वर्णन छ ।
नारीशक्ति र कामसूत्र
बात्स्यायान लेख्छन्, वेश्याको पनि शोषण हुनु हुदैन ।
वेश्याले पनि समाजमा सम्म्मानपूर्ण जीवन जिउनुपर्छ ।कामसूत्रले वेश्यागमलाई वर्जित र अनैतिक मानेको छैन, समाजको अङ्ग मानेको छ ।
नारी के हो ? शक्ति, कमजोरी, अस्तित्व, उपयोग, वस्तु, विषय, विलास? उत्तर अनेक छन् ।
पौराणिक तथा पूर्वीय प्राचीन ग्रन्थले नारीलाई आधीशक्तिका रुपमाश्रेष्ठ मानेको छ तर त्योभन्दा धेरै तुच्छ मानेको । नारी, जसलाई मानवको मादा स्वरुप भनिन्छ तरविषय, वस्तु र विलासको रुपमा प्रयोग गरेको छ ।
हुन त ती नारी स्वयं पनि प्रयोग भएका छन् । पौराणिक र प्राचीनकालमा गणिका, अभिसारिका, रुपाजीवा, वारांगना तथा नगरवधुका रुपमा नारी स्वयं पनि प्रयोग हुने गरेका थिए । आधुनिक कालमा फरक नाउँले प्रयोग भएकाछन् ।
पूर्वीय मात्र हैन, प्रायशः प्रत्येक धर्मग्रन्थमा नारीलाई शक्तिभन्दा साधनका रुपमा प्रयोग गरिएको छन् । तुच्छ मानिएको छन्, साक्षी छन् धर्मग्रन्थ र पुराणहरु । तर कामसूत्र ती सारा धार्मिक ग्रन्थविरुद्ध उभिएको छ । यो ग्रन्थलेनारीलाई आधीशक्ति हैन, पूर्णशक्ति मानेको छ ।
कामसूत्रले जायजेथा र सम्पत्तिमा स्त्रीको पूर्ण आधिकार हुनुपर्छ भन्ने धारणा राखेको छ । घरमूली पुरुष हैन, स्त्रीलाई मान्नु पर्ने विधान बनाएको छ । पतिपत्नीको कामकर्तव्यको व्याखा गरेको छ । ाँ
कामसूत्रले प्रेम, श्रद्धा र विश्वासलाई सुखी वैवाहिक जीवनको पूर्वसर्तका रुपमा स्विकार गरेको छ । विवाहपूर्व प्रेम आनिवार्य ठानेको छ ।
वास्तवमाविवाहपूर्वको प्रेमले पारस्पारिक पाराधिनताबाट बचाउँन सक्छ । समानान्तर र स्वस्थ्य यौनजीवनले दाम्पत्य जीवनलाई दीर्घायु बनाउँछ । त्यसका लागि पुरुषले आफ्नो खुसी र सन्तुष्टीसँग नारीलाई बराबरी सहभागी गराउनु पर्छ ।
यस्ता कुरालाई वात्स्यायानले मिहिन अध्यायन गरेको पाइन्छ । कामसूत्रले प्रेम, विवाह र वरको रोजाइका लागि नारीलाई स्वतन्त्रता दिएको छ । ‘सेक्सुअल’ प्रेशर छ तर ‘प्लिजर‘ छैन भने त्यस्ती नारीले पति र घरबार त्यागेर नयाँ घरबार गर्नु सामाजिक नियमभन्दा बाहिर नहुने तर्कसँगैविधवा विवाहको पक्षमाउभिएको छ, कामसूत्र ।
यौन साहित्य र प्राचीन पूर्व
आज पनि सम्बन्धका बारेमा कुरा गर्ने हामीसँग कुनै भाषा छैन । कुनै ठाउँ छैन । कुनै माध्यम छैन ।
तरप्राचीन पूर्व हामीभन्दा धेरै उदार थियो । लैङ्गिक विभेदता थिएन । यौनिक स्वतन्त्रता अहिलेभन्दा बढी थियो । नारीप्रति सम्मान थियो । नारीलाई दोस्रो विवाहका लागि पूर्ण स्वतन्त्रता थियो । यसको पुष्टि कामसूत्रले पनि गरेको छ ।
तेह्रौ शताब्दीभन्दा अगाडि पूवीर्य समाजमा यौनशिक्षा दिइन्थ्यो । मूलतः मुस्लिम शासकका पालादेखि यसलाई बन्देज गरिएको कुरा भारतीय खोजकर्ताको निष्कर्ष छ। प्राचीन पूर्वमा सँस्कृत साहित्य मियोान यौन साहित्य थियो । जसमाआजका जस्ता सस्तायौनक्रिडाका कुरानभएर सुखी जीवन–व्यवहारका चिन्तन र उपमाहरु थिए ।
कामसूत्र बाहेक प्राचीन साहित्यमा पञ्चसक्य (पाँच शिखण्डी), स्मरा प्रदिपा (प्रेमप्रकाश), रतिमञ्जरी (प्रेममाला), रस्ममञ्जरी (प्रेमांकुर) र अनुंंग रंग, (प्रेमप्रस्तुति) पनि लेखिएका थिए ।
प्राचीन पूर्वमा यौन सम्बन्ध बन्धनमुक्त थियो । यसको प्रमाणका रुपमा भारतको खजुराहो र कोकर्णका मन्दिरहरु उभिएका छन् । हाम्रा मन्दिरका टुँडालले पनि त्यही सन्देश दिन्छ ।
कामसूत्र पढ्नु हुन्छ कि हुदैन?
कामसूत्र पढ्नु हुदैन । असाध्यै फोहोरी किताब हो । सेक्स मेनुअल हो । यौन र सेक्सभन्दा केही छैन । पुरै भल्गर छ । मान्छेले पढ्ने किताब हैन । पढे बौलाइन्छ ।
यद्यपि कामसुत्र प्राचीन पूर्वको असाधरण ग्रन्थ मानिन्छ । मानव सभ्यताको आधारशीला मानिन्छ ।बुझेर मान्ने र नबुझेरै जान्नेमत आफ्नै ठाउँमा छ । आखिर आकर्षण विज्ञान के हो ? हामीले कहिल्यै सोचेनौ ।
एउटा सत्य के हो भने, ज्यादै शक्तिशाली भ्रमको निर्धो शिकार भएको छ, मान्छे । भ्रमलाई नै सर्वथा सत्य मान्नु पर्ने परम्पराभित्र बाँधिएको बँधुवा प्राणी बनेका छौं, हामी । भ्रमको जालोमा फसेको माखो भनेपनि हुन्छ, हामीलाई ।
अर्को सत्य के पनि हो भने जुन पढ्न हुदैन भनिएको छ, मानव इतिहासमा सबैभन्दा बढी त्यही पढिएको छ । त्यो सत्यभित्रको अर्को सत्य हो, आजसम्म सबैभन्दा धेरै भाषामा, धेरै पटक अनुदित भएको कुनै ग्रन्थ छ भने त्यो हो– कामसूत्र !
आधुनिक विश्वलाई प्राचीन पूर्वले धेरै दिएको छ । अन्य शास्त्रमा जस्तै पश्चिमाले कामसूत्रबाट धेरै सूत्र आफ्नैजस्तो निजी बनाएका छन् । पश्चिमा खोज्छन्, बुझ्छन् र जान्दछन् । धेरै पछाडिका पश्चिमा हामीभन्दा धेरै अघि हुन्छन्
हामी केही नबुझीसबै जान्ने भएको छौं, केही नजानी सबै बुझ्ने भएका छौ । पूर्वीय सम्पदाका मालिक आफूलाई ठान्छौ । तर हाम्रो माल बेचेर हाम्रै मालिक पश्चिमा भएका छन् । व्यापार उनीहरुले गरेका छन् । फाइदा उनीहरुले लिएका छन् । कामसूत्र बेचेर पश्चिमाले कति अरब डलर कमाए हिसाब छैन ।
वृटिस–भारतको बम्बै सेनामा एक खोजकर्ता थिए– रिचार्ड फ्रान्सिस बर्टन (सन् १८२१–१८९०) । उनी अनुवादक पनि थिए ।सन् १९८३ मा कामसूत्रको पहिलो अँग्रेजी अनुवाद उनैले गरे । संसारभरी नै एकप्रकार कम्पन आयो । पराकम्पन अझै चलिरेको छ ।
आजभन्दा झण्डै १५० वर्ष अघि कामसूत्र १५० पाउण्ड सम्ममा बिकेको तथ्य अनुवादक वर्टनसँग जोडिएका छन् । अहिलेको हिसाबले त्यो बेलामा एउटा किताबको मूल्य झण्डै १६ हजार रुपैया थियो । १५० वर्ष अघिको १५० पाउण्डको मूल्य अहिले कति हुँदो हो ? यद्यपि महँगो किताबमध्येमा पर्छ कामसूत्र ।
‘सुगन्धित बाग’लाई अरबको कामसूत्र भनिन्छ । वात्स्यायनको कामसूत्रकै सूत्रहरुको सूत्र हो भन्छन्, खोजकर्ताहरु । कामसूत्रलाई संसारकै पहिलो यौन संहिता मानिएको छ ।
प्रश्न उठ्छ– पढ्नु नहुने भए संसारमा सबैभन्दा धेरै आँखाले त्यही कामसूत्र किन हेर्थे ? सबैभन्दा धेरै मस्तिष्कले त्यही किन खोज्थे ? सबैभन्दा महँगो किताब त्यही किन हुन्थ्यो ?
हावा छेक्न सकिन्छ तर रोक्न सकिदैन । काम जीनवको त्यही हावा हो, जनु शरीरमा भरिन्छ । शरीर त भकुण्डोमात्र हो । हावा भरियो उफ्रन्छ, हावा खुस्कियो थन्किन्छ ।
भ्रम नै भ्रम फैलाइएको छ । शक्तिशाली भ्रम उत्पादन गर्ने थोत्रा कारखाना हुन् ती कथित पण्डित, पुजारी, सन्त–महन्त र महात्मा ! जसले पढ्नु हुदैन भनेका छन् उनीहरुसँग तर्क–शास्त्र छैन तर शासन गर्ने कुतर्कको शस्त्र छ । समाजमा शासन त्यही वर्गले गरेको छ । धेरै कुरा रोकेको छ ।
कामसूत्र भन्दा धेरैगुना भल्गर छ, श्रीस्वस्थानी व्रतकथा । तर हामी सुत्नुअघि हातमा फूलप्रसाद लिएर सुन्छौं । तीन पुस्ता एकैठाउ बसेर कथाको आनन्द लिन्छौं तर घरीघरी घोसेमुन्टो लगाउँछौ । एउटाले अर्काको अनुहार हेर्न सक्दैनौ । बुझ पचाउँछौं । पुराण तथा धार्मिक ग्रन्थका नाउँमा शिव पुराणभन्दा भल्गर किताब अर्को पक्कै छैन ! तर मुस्लिम धर्मभीरुका लागि हजरत मोहम्मदको वाणी संग्रहित कुरआन जत्तिकै छ शैव मतवालीका लागि शिवपुराण !
कामसूत्र किन यति धेरै पढियो ? एकथरीले पढेर बुझे । एकथरीले नबुझेर पढे । बुझ्नेले कामसूत्र दाम्पत्य जीवनको दर्शनसूत्र हो भन्ने बुझे । अर्काथरीले कामसूत्र भनेको कोकशास्त्र हो, जसमा प्रचुर सेक्स मेनुभन्दा केही छैन भने । तर दुबैले पढे ।
प्रत्येक पुरुषको मनमा एक सुन्दरी स्त्री बसेकी हुन्छे, जसलाई अनिमा भनिन्छ । प्रत्येक स्त्रीका मनमा एउटा सुन्दर पुरुषको बसेको हुन्छ, त्यसलाई अनिमस भनिन्छ । अनिमा र अनिमस कामका प्रतीक हुन् ।