Logo

ओली र दाहाल–नेपाल पक्षधर नेताहरुबीच आरोप-प्रत्यारोप (भिडिओसहित)



काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह र दाहाल–नेपाल समूहका युवा नेताहरुबीच आरोपप्रत्यारोप भएको छ । ओली पक्षधर नेता बच्चन सिंह र दाहाल–नेपाल समूहका नेता विशाल खड्काबीच संसद विघटनलाई लिएर पक्ष र विपक्षमा आरोप प्रत्यारोप भएको हो । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सिंहले तोकिएकै मितिमा निर्वाचन हुने विश्वास दिलाए ।

उनले निर्वाचन हुन्छ भन्ने कुरा विशाल आमसभामा देखिएको समर्थनले देखाईसकेको स्पष्ट पारे । उनले चुनावबाट परिणाम के आउँछ ? त्यो अर्कै कुरा भएपनि जनता चुनावको पक्षमा उभिएको सुनाए । तर, दाहाल–नेपाल समूहका नेता खड्काले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको गम्भीर टिप्पणी गरे । र, उनले सरकारले चुनाव गराउनको लागि चुनावको मिति घोषणा नगरेको पनि आरोप लगाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्