Logo

सिभिल बैंकले गर्यो टेम्पुमा नगद कारोबाररहित क्युआर कोड सुरु



काठमाडौं, २ फागुन । सिभिल बैंकले नगदरहित सवारी साधन टेम्पोमा क्युआर कोड सुरु गरेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले नगद रहित अभियानको उद्घाटन सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्फत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरेका हुन् । सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीनपाङ्ग्रेसवारी) तथा ३४ वटा अन्य विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छन् ।

कार्यक्रममा गभर्नर अधिकारी, कार्यकारी निर्देशकभूवन कडेँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुखकार्यकारी अधिकृत सुनीलकुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिंग प्रमुख भोला बहादूर विष्ट, बागमति प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उ.वा.संघ सिन्धुलीेका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, टेम्पू यातायात व्यवसायीहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७१ अर्व भन्दा बढी कर्जा लगानी गरेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्