काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानाले आफ्नो पार्टीले सर्वोच्च अदालतको निर्णय मान्ने स्पष्ट पारेका छन् । आज निर्वाचन आयोगमा छलफलको लागि भाग लिँदै यस्तो बताएका हुन् । उनले भने,‘हामी निर्वाचनको पक्षमा छौं । संसद विघटन असंवैधानिक कदम हो । नेपाली काग्रेस कानूनी राज्यलाई मान्दछ । ओली सरकार सर्वसत्तावादी बाटोमा अघि बढ्यो । हाम्रो सभापतिले भनेको कुरा कम्युनिष्टको सरकार आयो भने रुन पनि पाईँदैन् भनेको अहिले आएर पुष्टि भयो । हामी निर्वाचनको पक्षमा छौं । तर, सर्वोच्च अदालतको निर्णय मान्छौं ।’ File Photo/ReportersNepal