काठमाडौं, २ फागुन । पूर्व सचिव रामेश्वर खनालले सचिवहरुको सरुवालाई लिएर असन्तुष्टि जनाएका छन् । उनले सचिवको पद निश्चित कार्यकालको लागि तोकिएको हुने भन्दै एक कार्यकाल एउटा मन्त्रालयमा पूरा गर्न नदिई सुरुवा गर्नु गलत कदम भएको तर्क गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन्–‘निश्चित कार्यकाल तोकेको पद हो सचिवको। एक कार्यकाल एउटै मन्त्रालयमा पूरा गर्न नदिई सचिव सरुवा गर्नु भनेको सरकारले आफैं अस्थिरता भित्र्याउनु हो। सचिवको कार्य सम्पादन ठिक छैन, आर्थिक अपचलन गरेको छ भने निसे ऐन बमोजिम बर्खास्तै गर्नु पर्छ। सचिव सरूवा ठिक होइन।’ File Photo/ReportersNepal