Logo

काष्ठमण्डप पुनःनिर्माण ८५ प्रतिशतभन्दा बढी काम सकियो



काठमाडौँ, ३ फागुन: हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनःनिर्माणको काम पनि आगामी वैशाखमा सक्ने गरी भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले ८५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । ती ऐतिहासिक सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो भन्ने इतिहासका पुस्तकमा लेखिएको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै भएको इतिहासमा उल्लेख छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्