काठमाडौं, ३ फागुन । अधिवक्ता बोर्ण बहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विवाद अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको सुनाउँदै प्रधानमन्त्रीलाई संविधानले पनि संसद विघटन गर्नेृ अधिकार नै नदिएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संसद विघटन असंवैधानिक हो भन्ने कुरा प्रधानमनत्री ओलीलाई पनि राम्रोसँग थाहा भएको जिकिर गरे ।