Logo

नेपालका लागि अष्ट्रेलियन राजदूतले राष्ट्रपतिसमक्ष बुझाईन् ओहोदाको प्रमाणपत्र



काठमाडौं, ३ फागुन । नेपालका लािग नवनियुक्त अष्ट्रेलियन राजदूत फेलिसिटी भल्कले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी छिन् । राजदूत भल्कले नेपाल–अष्ट्रेलिया सम्बन्ध ६१औं वर्ष पुगेको अवसरमा आफूले नेपालका लागि राजदूतको जिम्मेवारी सम्हालेको भन्दै खुशी व्यक्त गरेकी छिन् । र, आफ्नो कार्यकालमा नेपाल–अष्ट्रेलिया सरकारबीच सुमुधर र घनिष्ठ सम्बन्ध विस्तार गर्नु र दुई देशका नागरिकबीचको सम्बन्ध पनि उचाईमा पुर्याउने उनले विश्वास दिलाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्