Logo

कोरोनाबाट आज १ जनाको मृत्यु, कुल मृतकको संख्या २०५५ पुग्यो



काठमाडौं, ३ फागुन । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १ सय २२ थपिएका छन् । आज  १ सय ४४  जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ४० संक्रमित भएपनि २ लाख ६९ हजार २ सय ४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ५ सय ८१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म २१ लाख  २० हजार ५ सय ९१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्