काठमाडौं, ३ फागुन । सिद्धार्थ बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्घार्थ जेन–जेड नामक बचत खाता संचालनमा ल्याएको छ । यस बचत खाता ई.सं १९९५ र सो भन्दा पछि जन्मिएका नाबालकका हकमा पनि शुन्य मौज्दातमै खोल्न सक्ने बैंकले जनाएको छ ।
बैंकको अनुसार यस बचत खाता ग्राहकहरुको माझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङ्गको अनुभुति गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइन मार्फत पनि खोल्न सकिने, आकर्षक ब्याजदर सहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता हो ।
यस खातामा पाँच लाखसम्मको पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने छ । बीमा सुविधा दाबी गर्न खातामा न्युन्तम मौज्दात १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो सबै सर्भिस आउटलेटहरु तथा एक्स्टेन्सन काउन्टरहरुबाट छिटो, छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।