Logo

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव



काठमाडौं, ४ फागुन । हिमालयन जनरल इन्स्योरेन्सको सोमबार बसेको संचालक समितिको बैठकले ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको जनाएको छ ।

कम्पनीको अहिले भएको चुक्तापुँजीको ३ प्रतिशतले हुने ३ करोड २० लाख ४८ हजार ७ सय बराबरको बोनस शेयर र कर प्रयोजनार्थ हुन आउने ४ करोड ६० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरेर जम्मा ६.७५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश साधारण सभाले पारित गरेपछि र बीमा समितिले स्वीकृत दिएपछि मात्र वितरण हुनेछ ।



प्रतिक्रिया दिनुहोस्