काठमाडौं, ४ फागुन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लघुवित्तले फागुन २१ गते ८ औं साधारण सभा गर्ने भएकोले भोली (फागुन ५ गते) एक दिन बुक क्लोज गर्ने जनाएको छ । आजसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संचालक समितिको बैठकले २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत कर समेत गरेर जम्मा ३१.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीको हाल ५० करोड ४ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । प्रस्तावित गरेको कम्पनीको बोनसपछि सस्थाको चुक्तापुँजी ६२ करोड ५५ लाख रुपैयाँ पुग्ने जनाएको छ ।