काठमाडौं, ४ फागुन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । माघ २७ गते बसेको संचालक समितिको बैंठकले २२ औं साधारण सभा फागुन २५ गते गर्ने निणर्य गरेको हो ।
सभाले यो वर्ष १३.६८ प्रतिशत लाभांश पारित गर्ने जनाएको छ । १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गरेर जम्मा १३.६८ प्रतिशत लाभांश प्रस्ताव गर्ने भएको छ ।
चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको यस कम्पनीले फागुन ११ गतेबाट सभा हुनेदिन सम्म बुक क्लोज गर्ने भएको छ । फागुन १० गतेसम्म कायम भएका शेयरधनीहरु मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।