Logo

युनियन लाइफको बीमाशुल्क ३५ प्रतिशतले बृद्धि



काठमाडौं, ४ फागुन । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क नाफा कमाएको हो ।

कम्पनीले गत आवको सोही अवधिमा २ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आम्दानी गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले चालु आवमा गरेको बीमाशुल्क ३५ प्रतिशतले धेरै हो । जगेडा कोषमा ७३ करोड १३ लाख रुपैयाँ रहेको यो कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ । जीवन बीमा कोषमा ३८ अर्ब १ करोड रुपैयाँ संचित छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमाससम्ममा कम्पनीले २३ हजार ५२ वटा बीमालेख जारी गरेको थियो ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १७ प्रतिशतले कम हो ।

 



प्रतिक्रिया दिनुहोस्