काठमाडौं, ४ फागुन । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गरेको छ । उनलाई काठमाडौ छिरेको केही समयमै प्रहरीले पक्राऊ गरेको हो ।
बस्नेतले आफूसँगै शव व्यवस्थापनमा विगतमा सक्रिय सपना रोका मगरको अश्लीलय तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि जाहेरी परेको थियो । सपनाले नै विनयविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् ।
यसअघि आइतबार विनयविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भएको थियो । उनलाई महानगरीय प्रहरीले उपस्थित हुन भनेको थियो ।
विनयविरुद्ध उजूरी दिने सपना बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन् । त्यसपछि उनी चर्चाको शिखरमा पुगिन् । सपनाको चरित्रहत्या गर्न विनयजंग सक्रिय भएको अभियोग छ ।
विनयजंगले युट्युब भिडियोमा अन्तवार्ता दिदै सपना रोक्का मगरको अश्लिल फोटो र भिडियो आफूसँग रहेको दाबी गरेका थिए । त्यसपछि सपनाले सामाजिक सञ्जालमा आफूलाई आत्महत्या गर्न वाध्य बनाउन लागेको लेखेकी थिइन् । यो घटनाले विनय आलोचित भएका थिए ।-फाइल तस्बिर