Logo

भागरथी बलात्कारपछि हत्या प्रकरण : भागरथीकै विद्यालयका कक्षा ११ का एक युवक पक्राउ



काठमाडौं, ५ फागुन । प्रहरीले भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतले जनाएअनुसार पक्राउ पर्ने ती युवक भागरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी सनातन धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिईन् ।

पक्राउ परेका ती युवकले आफूले नै बलात्कारपछि हत्या गरेको स्व्किारेका छन् । उनलाई प्रहरीले आज विहान १० बजे सार्वजनिक गर्ने तयारी गरेको छ । गत माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी भागरथी बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

यो घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी आँफै फिल्डमा खटिएका थिए । उनले आजमात्रै पनि आफूहरु अपराधीको नजिक पुगिसकेकोले आज र भोलिमै अपराधी सार्वजनिक गर्ने कुरा पत्रकार ऋषि धमलालाई जानकारी दिएका थिए ।

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी 

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)



प्रतिक्रिया दिनुहोस्