काठमाडौं, ५ फागुन । कुमारी बैंकले फागुन १४ गते शुक्रबारदेखि ८० करोड रुपैयाँ बराबरको ‘कुमारी इक्वीटी फण्ड’ निष्काशन गर्ने भएको छ । बैंकले सो फण्ड सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गर्ने जनाएको छ ।
बैंकले ‘कुमारी इक्वीटी फण्ड’ को निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । १० वर्षे बन्दमुखि योजना रहेको १० रुपैयाँ अकित दरको ८ करोड इकाइको ईक्वीटी फण्ड मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंकको लागि बैंकले सुरक्षित राख्ने भएको छ । ६ करोड ८० लाख इकाई फागुन १४ गते शुक्रबारदेखि फागुन २८ गतेसम्म सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गर्ने जनाइएको छ ।
उक्त इकाईमा कुनै पनि बैंक वा वित्तीय संस्थामा भएको आफ्नो खाताबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने छ । आवेदन न्युनतम १ हजार इकाई र अधिकत ८० लाख इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।