Logo

कोरोनाबाट थप ३ जनाको मृत्यु



काठमाडौं, ६ फागुन । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ९६ थपिएका छन् । आज १११ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार १ सय ६६ संक्रमित भएपनि २ लाख ६९ हजार ५ सय ५ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ६ सय ३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २१ लाख ३१ हजार ३ सय ३० जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्