Logo

नेप्सेद्वारा फरवार्ड माइक्रोफाइनान्सको शेयरमुल्य समायोजन



काठमाडौं, ६ फागुन । बुधबार फरवार्ड माइक्रोफाइनान्स वित्तीय सस्था लिमिटेडको शेयरमुल्य नेपाल स्टक एक्सचेञ्जले (नेप्से)ले समायोजन गरेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबार प्रत्तिकित्ता ३ हजार ३४८ रुपैयाँको आधारमा शेयरमुल्य समायोजन गरेको हो । नेप्सेले २५ प्रतिशत बोनस शेयर समायोजन गरेर कम्पनीको २ हजार ६७८ रुपैयाँ रपैयाँ मुल्य निर्धारण गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फागुन २१ ग्ते आठौ वार्षिक साधारण सभा बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्