Logo

सेञ्चुरी बैंकको नयाँ शाखा रुपन्देहीको बगौलीमा



काठमाडौं, ६ फागुन । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । वित्तीय सेवा विस्तार गर्ने क्रममा उक्त शाखारहित बैंकिङ सेवाको मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले उद्घाटन गरेकी हुन् ।

यस सेवाबाट बगौलीलगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमासमेत लाभ पुग्ने उनले बताइन् । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्