Logo

समाजसेवी मित्रसेन दाहालको निधन



काठमाडौं, ७ फागुन । पुर्व नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको आज बिहान निधन भएको छ । दाहालको ५८ वर्षको उमेरमा उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो ।

घरमा बसीरहेको समयमा बिहान स्वास्थ्य समस्या आएपछि उपचारको लागि ओम अस्पताल लगिएको थियो । उपचारको क्रममा दाहालको बिहान ९ बजे निधन भएको स्रोतले जनाएको छ । उनले दुवै मृर्गौला प्रत्यारोपण गरेपछि ज्येष्ठ नागरिकहरुका लागि लप्सेफेदीमा आश्रम निर्माण गरेका थिए ।

सुविधा सम्पन्न उक्त आश्रममा ६० वर्ष पुगेका ज्येष्ठ नागरिकहरु ब्स्न पाउँछन् । ओखलढुंगाबाट उम्मेदवार बनेका दाहाल लामो समय नेपाली कांग्रेसको राजनीतिमा संक्रिय थिए । उनका २ छोरा, १ छोरी र श्रीमती छन् ।



प्रतिक्रिया दिनुहोस्