काठमाडौं, ७ फागुन । ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आज बाँडफाँड भएको छ । विक्रि प्रबन्धक बिओके क्यापिटलको अनुसार योग्य आवेदकमध्ये ३ लाख २५ हजार १६५ जनालाई शेयर परेको छ । प्रबन्धकका अनुसार १० कित्ताका दरले ३ लाख २५ हजार १६५ जनालाई बाँडफाँड गरेर बाँकी रहेको कित्ता शेयर २ जनाले १/१ कित्ताका दरले बाँडफाँड भएको हो ।
१३ लाख २२ हजार ९७१ जनाको २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागी आवेदन परेको कम्पनीले जनाएको छ । यो माग भन्दा करिब ७ गुणा हो ।