Logo

स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी प्रजातन्त्र जोगाउनु पर्नेमा पशुपति शम्शेरको जोड



काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी प्रजातन्त्र सम्वद्र्धन गर्नु पर्ने बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा जबराले सामाजिक सञ्जालमार्फत शुभकामना दिदै नेपाली धरोहरसहितको प्रजातन्त्र सम्वद्र्धनमा जोड दिएका हुन् ।

प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्नचिन्ह खडा भएको बेला, प्रजातन्त्र जोगाउन नेपाली धरोहर, संरचना जगेर्ना गर्नु पर्नेमा अध्यक्ष राणाको जोड छ । शुभकामना सन्देशमा उनले भनेका छन्, ‘स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्य मान्यता सम्वद्र्धन गर्नुको विकल्प छैन ।’

राणाले ट्वीट लेखेका छन्, ‘प्रजातन्त्र दिवसको अवसरमा आम नेपालीजनमा हार्दिक शुभकामना ।’ राप्रपाको केन्द्रीय नीतिबमोजिम ७७ जिल्लामा प्रजातन्त्र दिवस मनाइएको छ । राजा र जनता मिलेर प्रजातन्त्र स्थापना गरेको दिनका रुपमा सम्झना गर्दै राप्रपाले राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्