काठमाडौं, ७ फागुन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुनाव गराउने नाममा संविधानलाई भुटेर खाने कि संविधानाई बचाउने ? भन्ने प्रश्न तेर्साएका छन् । उनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको पनि गुनासो गरेका छन् । उनले संसद पूनःस्थापना नभए देश कुन दिशामा अघि बढ्ला त ? भनेर प्रश्नसमेत तेर्साएका छन् ।
आज (शुक्रबार) शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको विमोचन गर्दै यादवले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले दलभित्रको विवादले संसद विघटन गर्न नहुने थियो र रोक्नुपर्ने थियो भन्ने भनाई राखे ।