काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किएका छन् । स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली गएका खनाल आज स्वदेश फर्किएका हुन् । उनको स्वास्थ्य अवस्था राम्रो रहेको जनाईएको छ । पार्टीका विदेश विभाग प्रमुख विष्णु रिजालसहितका नेताहरुले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
खनाल स्वदेश फर्किएको बारे रिजालले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्-“हाम्रो पार्टी नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य परीक्षणपश्चात् आज भारतको राजधानी नयॉ दिल्लीबाट स्वदेश फर्किनुभएको छ । स्वास्थ्य परीक्षण रिपोर्ट अनुसार उहॉको स्वास्थ्य राम्रो रहेको छ । पार्टीको विदेश विभागका तर्फबाट कमरेडलाई हार्दिक स्वागत गर्दछु ।”