Logo

सरकारलाई काम गर्न नदिएको भन्दै नेम्वाङले सुनाए एमसीसीको प्रसंग



काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारलाई काम गर्न नदिईएको बारे आधार पेश गरेका छन् ।  आज (शनिबार) ओली समूहले विराटनगरमा आयोजना गरेको विशाखल जनसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका हुन् । उनले भने,‘संसद्ले काम पाएन भने सरकारले ढङग नपूर्याएको भन्ने आरोप लाग्छ । सरकारले संसदलाई काम दिएन भने सरकारले काम गर्न सकेन भन्ने आरोप लाग्छ । तर, म तपाईंहरुलाई एक÷दुई वटा उदाहरण दिउँ, यो सरकारले एमसीसी प्रस्ताव सदनमा प्रस्तुत गरेको होईन ? तपाईँहरुलाई सम्झना छ ? एमसीसी प्रस्ताव धेरै पहिले प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो । त्यो एमसीसी प्रस्ताव कहाँ गयो ? प्रतिपक्षका साथीहरूले नेपाली काँग्रेसका सार्थीहरुले प्रश्नसमेत उठाए, कुनै जभाब दिईएन ? त्यो एमसीसी प्रस्ताव सदनको कार्यसूचिमा राख्दै राखिईएन । दुई तिहाई बहुमतको सरकारले पेस गरेको प्रस्ताव संसदमा किन आएन ? काम गर्न दिईएन भनेको यहि हो । दुई तिहाई बहुमतको सरकारले पेस गरेको प्रस्ताव सदनमा प्रस्तुत हुनुपर्ने थियो नि ? प्रस्तुत गर्नुपर्ने थियो नि ? मलाई अहिलेपनि एसएमस आउँछ । अरु सार्थीभाईहरुलाई पनि एसएमएस आउँदो हो । नेताज्युहरुलाई आउँदो हो ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्