Logo

संसद पूनःस्थापना गर्नेबाहेक सर्वोच्च अदालतसँग अर्को विकल्प छैन् : डा. कोइराला



काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएको उल्लेख गर्दै फागनु १२, १३ गतेभित्र फैसला हुने सुनाए । सर्वोच्च अदालतका न्यायाधीहरुलाई आफूले यसो गर्नुहोस, उसो गर्नुहोस भनेर आग्रह वा दबाब नदिने कोरालाले बताए । तीन करोड नेपाली जनता सर्वोच्च अदालतले के निर्णय गर्छ ? वा कुन धारा समातेर निर्णय गर्छ भनेर हेरेर बसेको सुनाउँदै उनले संसद पूनःस्थापना गर्नुको अर्को विकल्प नभएको बताए । उनले वर्तमान सरकार विचित्रको सरकार भएको पनि टिप्पणी गरे ।

https://www.facebook.com/dineshchandrathapaliya/videos/4284267058269329

 



प्रतिक्रिया दिनुहोस्