बारा, ९ फागुन । बारा जिल्लाको मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई शुक्रबार रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
मालपोत कार्यलयका कार्यालय प्रमुख नायब सुब्बा खनाल र लेखापढी व्यवसायी बडालले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारले ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै उक्त काम गरिदिए वापत सेवाग्राहीसँग ६ लाख रुपैयाँ लिइसकेको अवस्थामा दुवैजनालाई जितपुर सिमरा उ.म.न.पा. वडा नं.–२२, स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।