Logo

सनराइज बैंकका ग्राहकलाई मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक अफर



काठमाडौं, ९ फागुन । सनराइज बैंकको ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियान अन्तर्गत ग्राहकले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक पाउने भएका छन् ।
‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यास व्याक प्रदान गर्नेछ । यो योजना फागुन ७ गतेदेखि चैत मसान्तसम्म रहनेछ ।

कोभिड–१९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

डेबिट र क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न नबिनतम् सेवा सुबिधा ल्याउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्