काठमाडौं, ९ फागुन । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई विभिन्न आर्थिक वर्षमा वितरण गरेका लाभांश बुझ्न आग्रह गरेको छ । लघुवित्तले लाभांश लिन र विभिन्न समयमा लागानी गरेको रकम फिर्ता लिन पनि आग्रह गरेको हो ।
कम्पनीले साविकको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको विभिन्न वार्षिक साधारण सभाहरुबाट पारित भई वितरण गरिएका लााभांश कयौ लगानीकर्ताले हालसम्म पनि नलिएकोले कागजजात सहित उक्त रकम लिन शेयर रजिष्टार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडमा जान आग्रह गरेको छ ।
आव ०७०/७१ मा ६१ हजार र २०७२/७३ मा ४ लाख ३६ हजार रुपैयाँ गरेर कुल ४ लाख ९७ हजार लाभांश बापतको रकम भुक्तानी हुन बाकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले उक्त आर्थिक वर्षको लाभांश पुर्जा प्राप्त गरेको शेयरधनीहरुले धितोपत्र खरिदको फिर्ता हुन बाकी रकम भएमा आफ्नो परिचयपत्रका साथ शेयर बिक्रिको प्रमाण देखिने कुनै कागजातको प्रतिलिपि लिएर चैत्र ९ गते सम्म एसबिआई मर्चेन्टमा सम्पर्क गर्न आग्रह गरेको छ ।