काठमाडौं, ९ फागुन । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभाबाट पारित भएको ७ प्रतिशत शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । मंसिर ७ गते सम्पन्न भएको सभाले कात्तिक २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा बोनस शेयर जम्मा गरीदिएको जनाएको छ ।
हालसम्म पनि अभौतिकिकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकिकरण गराई बोनस शेयर हितग्राही खातामा नै प्राप्त गर्न शेयरधनीलाई कम्पनीले अनुरोध गरेको छ । शेयर धितो राखेर कर्जा लिने शेयरधनीहरुको हकमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट फुकुवा गर्न समेत कम्पनीले अनुरोध गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त गरेपछि मात्र शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिने जनाएको छ ।