काठमाडौं, ९ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैकले जारी गरेको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले २५ लाख कित्ता संस्थापक शेयर फागुन २ गतेदखि ९ गतेसम्म बोलकबोल गर्न सकिने गरी बिक्रि खुल्ला गरेको थियो ।
बैंकले एनबि गु्रप नेपाल प्रालि, दोलखा भीमसेन इन्भेष्टमेन्ट, मानाङ्ग इन्भेष्टमेन्ट, सांग्रिला इन्भेष्टमेन्ट प्रालि लगायतको आफ्नो स्वामित्वमा रहेको लिलामी गर्न लागेको हो ।
शेयर बिक्रि तथा प्रबन्धक सनराइज क्यापिटलका अनुसार प्रतिशेयर न्युनतम १४० रुपयाँ निर्धारण गरीएको हुदाँ सो मुल्य अंकित गरेर १ हजार कित्तादेखि सबै कित्तासम्ममा माग गर्ने सकिने छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी, अन्य इच्छुक ब्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले आजसम्म आवेदन बोलपत्र सहित पेश गर्न सक्नेछन् ।