काठमाडौं, ९ फागुन । नागरिक लगानी कोषले पुस २८ गते निष्कासन निष्कासन गरेको हकप्रद शेयर आज बाँडफाँट गरेको छ । १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता अर्थात चुक्तापुँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर कोषले बिक्रि खुल्ला गरेको थियो ।
पुस १३ गते सम्म कायम शेयरधनीले मात्र प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद शेयरमा आवेदन दिन सक्ने कोषले जनाएको छ । कोषको हकप्रद निष्काशन तथा बिक्रि प्रबन्धकमा आरबीबी मर्चेन्ट र्बैकिङ लिमिटेड रहेको छ । कोषको हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।