काठमाडौं, ९ फागुन । आइतबार नेप्से परिसुचक ०.१४ प्रतिशत अर्थात ३.६६ अंकले बढेर २६४०.३४ उच्च विन्दुमा पुगेको छ । शुक्रबार सुचक २६२६.६८ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।
नेप्सेका अनुसार आइतबार परिसुचक २०७ कम्पनीका ९३ हजार ३९ पटक कारोबार भएर ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.४७ प्रतिशत अर्थात २.२० अंकले घटेर ४७९ .५८ विन्दुमा पुगेको छ । जसमध्ये ९१ कम्पनीको शेयमुल्य घटेको छ भने १०७ कम्पनीका शेयरमुल्य घटेको छ ।
कारोबारको पहिलो दिन बैकिङ, फाइनान्स, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमाको नेप्से परिसुचक घटेको छ । अन्य ७ उपसमुहको भने नेप्से परिसु्चक बढेको छ । सबैभन्दा धेरै अन्य समुहको १.८८ प्रतिशतले बढेको छ ।
नेप्सेको अनुसार नेपाल बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । बैंकको ६१ करोड १७ लाख भन्दा धेरैको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५५ करोड २१ लाख भन्दा धेरैको कारोबार भएको छ ।