काठमाडौं, १० फागुन । स्वास्थ्योपचारको लागि भारतमा रहेका जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजबाट चिकित्सक परामर्श लिएका छन् । बाबुरामका सहयोगी विश्वदिप पाण्डेकाअनुसार भट्टराईको अहिले भारतको नयाँ दिल्लीस्थित् ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका छन् ।
पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्–”स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिनुहुँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई । भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई उहाँको स्वास्थ्यको थप परीक्षण हुनेछ । भोलि उहाँलाई अस्पतालमा भर्ना गरिनेछ । १० फागुन २०७७ ।”