काठमाडौं, १० फागुन । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । उनले नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको तस्बिर भित्तामा राखेका हुन् ।
कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीको तस्बिर पनि झुण्ड्याएका छन् । तर, त्योभन्दा ठुलो तस्बि पृथ्वीनारायण शाहको छ ।
राजेश अहिराज भनी चिनिने राजेश झालाई गत हप्ता मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । उनी राष्ट्रवादी धारका मानिन्छन् ।
संघीयताको आलोचक झालाई प्रदेश प्रमुख बनाइनुले तरंग ल्याएको छ । उनी रौतहट स्थायी घर भएका हुन् । राजेश अहिराजले मधेश मामलामा विद्यावारिधी गरेका छन् ।