काठमाडौं, १० फागुन । प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा साेमबारदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नाे २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयकाे समुद्घाटन चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले गरेका थिए ।
उनले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर देशको आर्थिक विकासमा टेवा पुगेको बताए । उक्त शाखाले जुम्ला जिल्लाका स्गानियहरुलाई धेरै सहयाेग मिल्ने विश्वास लिएकाे बैंकले जनाएकाे छ ।