काठमाडौं, ११ फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र संचार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ्ग बीच समसामयिक बिषयहरुमा छलफल भएको छ । अध्यक्ष पन्तले संघका गतिविधिहरु बारेमा मन्त्री गुरुङलाई अवगत गराउंदै नेपाल सरकारले संघ प्रति देखाएको सदासयताको लागि आभार प्रकट गरे ।
सो अवसरमा मन्त्री गुरुरूले संघले स्थापना गर्न लागेको N.R.N. Development Limited Fund बारे जिज्ञाशा प्रकट गर्दै आईटि सेक्टरमा लगानी गर्न सुझाव दिए । उनले नेपाल सरकारले भर्खरै प्रारम्भ गरेको नागरिक ऐप बारे जानकारी गराउंदै यसमा गैरआवासीय नेपालहरुलाई कसरी समायोजन गर्न सकिन्छ भन्नेतर्फ संघलाई बिचार गर्न अनुरोध गरे । भेटको अवसरमा संघका उपाध्यक्ष डा. बद्री के.सी. र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।