काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं जन्मदिन परिवारसँग मनाएका छन् । बालुवाटारमा उनका परिवारका सदस्य र आफन्त पुगेर जन्मदिनको शुभकामना दिए ।
ओलीले पिता मोहनप्रसाद ओलीबाट टीका र आशिर्वाद लिए । ससुराली तर्फबाट आफन्तबाट सगुन लिए । नेवार समुदायकी राधिका शाक्यसँग विवाह गरेका ओलीलाई ससुरालीतर्फका आफन्तले सगुनका रुपमा अण्डा, माछा र स्थानीय रक्सी समेत लगेका थिए ।
–तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय