काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संसद पूनःस्थापना भएकोमा नेपाली जनता र लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा दाहालले यसतो बताएका हुन् । उनले भने,‘यो संविधानवादको जीत हो । लोकतन्त्र र नेपाली जनताको जीत हो । अदालतले सही फैसला गर्यो । सबै न्यायाधीशलाई बधाई भन्न चाहन्छु । संसद पूनःस्थापनाको पक्षमा आवाज उठाउने सबै बधाई भन्न चाहन्छु । यो सबैको जीत हो ।’