Logo

सभा छाडेर काठमाडौँ फर्किए दुई अध्यक्ष



काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौँ फर्केका छन् । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।

प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार सो कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी दाहाल र नेपाल काठमाडौँ फर्केका छन्। उनहरु आज बिहान १०ः४५ बजे जहाजबाट गएका उनले जानकारी दिए। काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाट गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम उनीहरू छाडेर पर्केको अधिकारीले बताए ।

सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डे, नारायण दाहाल, रेनु दाहाल लगायतले सम्बोधन गर्दै छन् । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्