Logo

बुधबार १२.५६ अंकसहित नेप्से उकालो, ६ अर्बभन्दा बढीको कारोबार



काठमाडौं, १२ फागुन । आज नेप्से उकालो लागेको छ । ०.४९ प्रतिशत अर्थात १२.५६ अंकले बढेर २५९९.०७ विन्दुमा पुगेको हो । हिजो (मंगलबार) नेप्से परिसुचक २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा पुगेर रोकिएको छ ।

आज २०४ कम्पनीका ६९ हजार ९ सय ९४ पटक कारोबार भएर ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँ बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५१ प्रतिशत अर्थात २.४० अंकले बृद्धि भएर ४७०. ३४ विन्दुमा पुगेको हो । बधबार हाइड्रोपावर र अन्य उपसमुहको बाहेक १० उपसमुहको शेयर सर्किट बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमाको १.४२ प्रतिशतले सुचक बढेको छ । म्युचुृअm फण्डको १.०९ प्रतिशतले परिसुचक बढेको छ ।

नेप्सेका अनुसार आज नेपाल बैंक लिमिटेडको कारोबार सबैभन्दा धेरै भएको छ । बैंकको ५८ करोड २५ लाख भन्दा धेरैको कारोबार छ । प्रतिशेयर २४ रुपैयाँले बढेर ४७७ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५५ करोड ९९ लाख भन्दा धेरैको कारोबार भएको छ । मंगलबारको अन्तिम मुल्यको तुलनामा ३२ रुपैयाँले घटेर ५६२ रुपैयाँ प्रतिशेयर कायम भएको नेप्सेले जनाएको छ ।

आइएमी जेनरल इन्स्योरेन्स लिमिटेडको १० प्रतिशतले परिसुचक बढेको छ । त्यस्तै, नेपाल फाइनान्स लिमिटेडको ९.९७ प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्