काठमाडौं, १२ फागनु । नेपाल बैंक लिमिटेडले अध्यक्षमा मधु मरासिनीलाई नियुक्त गरेको छ । पुर्व अध्यक्ष वासुदेव अधिकारीले विवादमा मुछिएसँगै अध्यक्ष पदबाट राजिनामा दिएपछि रिक्त पदमा मरासिनी नियुक्त भएका हुन् ।
अर्थ मन्त्रालयले संचालक समितिमा मरासिनीलाई पठाएसँगै बैकले अध्यक्षमा नियुक्त गरेको हो । हाल महालेखा नियन्त्रक तथा नेपाल सरकारका सचिव रहेका मरासिनीलाई नेपाल बैंकको जिम्मेवारीपनि दिइएको हो । मरासिनीले सोमबार नै पद तथा गोपनियताको शपथ लिएर जिम्मबारी सम्हालेका छन् ।