Logo

सारथी नेपाल लघुवित्तको ९.११ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, १२ फागुन । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले संचालक समितिको मंगलबार बसेको बैठकले मुनाफाबाट संस्थाका शेयरधनीहरुलाई ९.११ प्रतिशत बोनस शेयर र कर प्रयोनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।

आव २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गरिने उक्त लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्