Logo

नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किराँत राई संघ केन्द्रिय समितिको तदर्थ समिति गठन भएको छ । समितिले आज (बुधबार) रिपोर्टस क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर कांग्रेसको भातृ संस्था नेपाल जनजाती संघअन्तर्गत रहने गरी कांग्रेस सभापति शेर बहादुर देउवाको निर्देशननुसार फागनु ९ गते तदर्थ समिति गठन गरेको जानकारी दिएको हो ।

तदर्थ समितिको सभापतिमा धर्मराज राई, उपसभापति विमला राई, महामन्त्री डा. राजकुमार राई, सहमहामन्त्रीद्धय प्रज्ञावती राई र सुर्यबहादुर कुलुङ राई, कोषाध्यक्ष शारदा सन्तोषी राई, सदस्यहरुमा वीरकाजी राई, विदुर राई, नन्दराज राई, हिमाली राई, लेखबहादुर राई, बगेंद्र राई, सदस्य तथा कार्यालय चिव प्रेमकुमार राई, संस्थापक सल्लाहकारहरु आनन्द सन्तोषी राई, गणेश राई, टंकप्रसाद राई, सल्लाहकारहरु कुमारी लक्ष्मी राई, सर्वधन राई, प्रमिला राई, विष्णुकुमार राई, नन्दमनी राई र दिलकुमारी राई रहेका छन् । समितिले जनाएअनुसार संघको राष्ट्रिय सम्मेलन यसै वर्षभित्र सुनसरी धरानमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतमा सम्पन्न हुनेछ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महासमिति सदस्य तथा आदिवासी जनजाती विभागको केन्द्रीय सदस्य अनन्त सन्तोषी राईले हिजो सर्वोच्च अदालतले फैसला अनुसार नेपाल न्यायापालिको स्वामित्वमा रहेको बताए । उनले किराँत राई संघ कांग्रेसको निति, सिद्वान्त, आदेशलाई पालना गर्ने यो संस्था भएको बताए । उनले अब जनजातीहरु लाहुरे मात्र नभएर दिमागमा पनि तेज भएको उल्लेख गरे ।

उनले भने, ‘जनजातीसँग गोर्खा भर्ती केन्द्रमा जस्तो तिघ्रा, छाती र उचाई हेरेर उफ्रने तत्व मात्र नभएर दिमाग पनि छ ।’ मुलुकले एउटा दिशा मोड्दै छ भन्दै राईले हिजो सर्वोच्च अदालतले दिएको आदेशलाई नेपाल किरात राई संघले स्वागत गरेको सुनाए । उनले भने,‘कानुनी राज्य र विधिको शासनमा अदालतको भुमिका अत्यन्तै महत्वपुर्ण हुन्छ ।’

कार्यक्रमको अध्यक्षता गर्दै सन्तोषी राईले सर्वोच्च अदालतले १३ दिन भित्रमा यो संसद बोलाउन दिएको आदेशलाई स्वागतयोग्य भएको बताए । ‘सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने परम्परा हो ।’ उनले भने, ‘राज्यको सबै अंगमा समानुपातिक प्रतिनिधित्व भएकोले हामी थप लाभान्वित भएका छौ ।’

कार्यक्रममा राई नेपाल किरात राई तदर्थ समिति संस्थापक सल्लाहाकार, नेपाली कांग्रेसको राज्य विभागका सदस्य तथा काठमाडौं महानगरको पुर्व मेयर गणेश राईले मंगलबार सर्वोच्च अदालतको फैसलाले संवैधानिक विवाद समाप्त भएको बताए । उनले भने,‘प्रतिगमनलाई परास्त गरेर अग्रगमनमा हामी गइरहेका छौ ।’ राईले किरात राईहरु नेपालको ६ प्रतिशत जनसँख्या भएको नेपालको पुर्वी भागमा बसोबास भएको ३० जिल्लामा रहेको उल्लेख गरे । किरातहरु नेपालमा प्रजातन्त्र प्राप्तिको लागि महत्वपुर्ण योगदानको  स्मरण गर्दै ‘किरातहरु पुस्तौ देखि लड्दै आएको अहिले पनि लडिरेहका छन् ।’ उनले भने, ‘२००७ सालदेखि विभिन्न आन्दोलनमा हालसम्म करीब ५ सय जनाले ज्यान गुमाएका छन् ।’

निर्माण व्यवसायी संघका राष्ट्रिय अध्यक्ष तथा नेपाली कांग्रेस आदिवासी विभागका वरिष्ठ सदस्य रवि सिंहले आदिवासी जनजातिलाई अन्य पार्टीले सपना बाँड्ने मात्र गरेको आरोप लगाए । उनले त्योभन्दा पृथक ढंगले आदिवासी जनजातिको हकलाई स्थापित गर्ने काम नेपाली कांग्रेसले गरेको जिकिर गरे । उनले आदिवासि जनजातिलाई किरात संघले हकहितलाई स्थापित गर्ने र विशेष गरेर राईलाई एकै ठाउँमा गराएर एकवद्व बनाएर कांग्रेस प्रति आकर्षित गर्नेसमेत विश्वास गरे ।

अधिवक्ता तथा नेपाली कांग्रेसको आदिवासी विभागको केन्द्रिय सदस्य उत्तम थाङ्देन लिम्बुले कांग्रेसले एउटा नयाँ अभियान सुरु गरेको बताए । नेपालीको परिपे्रक्ष्यमा कांग्रेसले पिछडीएको, अल्पसख्यकलाई मुल धारमा लैजाने निति अबलम्बन गरेर जातिय संस्थाहरुलाई अगाडी बढाएको उनले जानकारी दिए । नेपाल किरात राई संघको प्रेस विज्ञप्ति संघका महामन्त्री डा. राजकुमार राईले पढेर सुनाएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्